क्वात्रालाई बिदाइ गर्न गठबन्धनका शीर्ष नेता भारतीय दूतावासमा, रात्रीभोजमा सहभागी – Nepal Press

क्वात्रालाई बिदाइ गर्न गठबन्धनका शीर्ष नेता भारतीय दूतावासमा, रात्रीभोजमा सहभागी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित भारतीय दूतावासमै पुगेर राजदूत बिनयमोहन क्वात्रालाई बिदाइ भेट गरेका छन् । मंगलबार साँझ गठबन्धन बैठक चलिरहेकै बेला बालुवाटारबाट बाहिरिएका देउवा भारतीय दूतावासमा पुगेका थिए ।

भारतीय विदेश सचिवमा बढुवा भएर दिल्ली फर्किन लागेका क्वात्रालाई बिदाइ गर्न आयोजित रात्रीभोजमा सहभागी हुन देउवा दूतावास गएको बताइएको छ । दूतावास स्रोतले भने बिदाइका अवसरमा क्वात्राले रात्रीभोज आयोजना गरेको र त्यसमा प्रधानमन्त्री पनि सहभागी भएको बताए ।

रात्रीभोजमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए । बालुवाटारमा बैठक चलिरहेका बेला शीर्ष नेता बाहिरिएर दूतावास पुगेका हुन् ।

रात्रीभोजमा निम्ता गरिए पनि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भने प्रोटोकलका कारण दूतावास गएनन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल पनि गएनन् । ओलीसँग क्वात्राले बालकोटमै गएर बिदाइ भेट गरेको बताइएको छ । एमालेका तर्फबाट उपाध्यक्ष शुभाष नेम्वाङ दुतावासकाे भाेजमा सहभागी थिए ।


प्रतिक्रिया

2 thoughts on “क्वात्रालाई बिदाइ गर्न गठबन्धनका शीर्ष नेता भारतीय दूतावासमा, रात्रीभोजमा सहभागी

  1. हेर मालिककाे सेवामा हाजिर भएका । अब प्रमाणित भयाे यी दलाल हुन् भनेर । चुनावमा यिनलाई धूलाे चटाउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर