खेलकुदमन्त्री-राजदूत गोवी भेट, नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलाउने सहमति – Nepal Press

खेलकुदमन्त्री-राजदूत गोवी भेट, नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलाउने सहमति

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री गहतराज र राजदूत गोवीबीच दुई देशको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो । भेटकै क्रममा मन्त्री गहतराजले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलका लागि गरेको प्रस्तावमा गोवी सहमत भएका हुन् ।

भेटमा मन्त्री गहतराजले राजदूत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *