जसपाबाट निर्वाचित पालिका अध्यक्ष एमालेमा, ओलीले गरे स्वागत – Nepal Press

जसपाबाट निर्वाचित पालिका अध्यक्ष एमालेमा, ओलीले गरे स्वागत

इनरुवा । जनता समाजवादी पार्टीका नेता तथा दक्षिणी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका छन् ।

यादवलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली सुनसरी सदरमुकाम इनरुवा आएका छन् ।

ओलीले गाउँपालिका अध्यक्षसहित विभिन्न पार्टी परित्या गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् ।

इनरुवा नगरपालिका वडा नम्बर ३ को महेन्द्र चोकमा आयोजित ‘बृहत् जनसभा एवम् पार्टी प्रवेश कार्यक्रम’मा उनीहरु एमाले प्रवेश गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर