एक हजारभन्दा बढी युक्रेनी सैनिकले गरे आत्मसमर्पण – Nepal Press

एक हजारभन्दा बढी युक्रेनी सैनिकले गरे आत्मसमर्पण

कीएभ । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।

मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

युक्रेनमा २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म पनि जारी छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर