विदेश नीतिप्रति पूर्व राजाको प्रश्न- नेपाल आज कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्दै त छैन ? – Nepal Press

विदेश नीतिप्रति पूर्व राजाको प्रश्न- नेपाल आज कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्दै त छैन ?

अर्थतन्त्रप्रति चिन्ता व्यक्त, महँगीले जनताको जीवन कष्टकर भएकोमा दुःखीत

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको अर्थ व्यवस्थाप्रति चिन्ता व्यक्त गर्दै घर घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजाले भनेका छन्– हाम्रा अर्थविद्हरू तथा उद्यमीहरूले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् । नेपालीको घर घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको दुखेसो छ ।

नेपाल आज कोहीसँग कतै टाँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लागेको बताएका छन् । उनले छिमेकी मित्र राष्ट्रहरूप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र नभएर मुलुकको शान्ति तथा स्थायित्व र राष्ट्रिय अस्मितामा समेत प्रभाव पर्न जाने अवस्थाप्रति चनाखो हुनुपर्ने बताएका छन् ।

पूर्व राजाले पछिल्लो समय सरकार छिमेक नीतिमा एकतर्फी र भारतमुखी भएकोमा सांकेतिक असन्तुष्टि पोखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर