साँढे आठ लाखसहित गोदावरीमा तास खेलिरहेका ११ जना पक्राउ
नेपाल प्रेस
२०७९ वैशाख १ गते १६:३७
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रुपैयाँ र ३ बुक तास सहित बुधवार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
प्रतिक्रिया