स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइन : नेता महर – Nepal Press

स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइन : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई सफल बनाउन स्थानीय स्तरको आवश्यकता, औचित्य र स्थानीय नेताको कार्यकर्ताको परामर्शका आधारमा तय हुनुपर्ने बताएका छन् ।

बुढानीलकण्ठ नगरपालिकाम आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले स्थानीय नेता कार्यकर्ताको भावना अनुरुप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताएका हुन्।

उनले भने, ‘गठबन्धन गर्दा स्थानीय नेता, कार्यकर्ताको मन मिल्न आवश्यक छ । गठबन्धन सगै मन वन्धन भन्दा पनि अनेकौं राजनीतिक मनहरु मिल्नु आवश्यक छ । मनै नमिलेर गठबन्धन गर्दा सहजै जित पनि हासिल गर्न सकिँदैन । त्यसैले सबै दलका शीर्ष नेताहरूले यसतर्फ पनि ध्यान दिनुपर्छ ।’

गाउँ—गाउँ जाऔं, कांग्रेस जिताऔं अभियानका क्रममा जनताहरू एमालेप्रति आजित भएको पाइएको उल्लेख गर्दै उनले सरकारले जनतालाई प्रताडिन तुल्याएको कुरा भूल्न नसकेको बताए।

दुई तिहाइको सरकार टिकाउन नसकेका ओलीलाई अहिले छटपटी भइरहेको महरको आरोप छ ।

कांग्रेसले आफ्नै सामर्थ्यमा जनताको विश्वास जितेको भए पनि देशको हितका लागि गठबन्धन गरेको उनले बताए ।

देशमा राजनीतिक अस्थिरता नहोस भन्नका लागि गठबन्धन गरेर अगाडि बढेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर