विश्व बैंकको ऋण र यूएसएआईडीको अनुदान सहायता स्वीकार, यी हुन् मन्त्रिपरिषद्का ७ निर्णय (भिडिओ) – Nepal Press

विश्व बैंकको ऋण र यूएसएआईडीको अनुदान सहायता स्वीकार, यी हुन् मन्त्रिपरिषद्का ७ निर्णय (भिडिओ)

काठमाडौं । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडका अध्यक्ष रामाआधार कापरको राजीनामा स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी गराए ।

त्यस्तै संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको । सरकारले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर