पार्टी निर्णय विपरीत प्रकाण्डको दौडधुप, निर्वाचनमा सहभागिताबारे गृहमन्त्रीसँग छलफल – Nepal Press

पार्टी निर्णय विपरीत प्रकाण्डको दौडधुप, निर्वाचनमा सहभागिताबारे गृहमन्त्रीसँग छलफल

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले निर्वाचनमा सहभागी हुन आफूहरू सकारात्मक रहेको बताएका छन् ।

शुक्रवार गृहमन्त्री बालकृष्ण खाडसँगको भेटमा प्रवक्ता खड्काले नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन भए निर्वाचनमा सहभागिता जनाउन सकिने बताएका हुन् ।

विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनु पर्ने मागहरू पूरा हुनुपर्ने माग प्रकाण्डले गृहमन्त्रीसमक्ष राखेका थिए ।

वार्तामा गृहमन्त्री खाणले कानुन अनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताए ।

नेकपाको केहिदिन अघि कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचन उपयोग नगर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर