पाँच दलीय गठबन्धनमा सहभागी नहुने जसपा सिद्धार्थनगरको निर्णय – Nepal Press

पाँच दलीय गठबन्धनमा सहभागी नहुने जसपा सिद्धार्थनगरको निर्णय

रुपन्देही । जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिले पाँच दलीय गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।

सिद्धार्थनगर नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धि नदेखिएको र कार्यकर्ताहरूमा निराशा भई भविष्यमा पार्टीलाई घातक हुने सङ्केत देखिएकाले उक्त निर्णय गरिएको पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले बताए ।

जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको जैसवालले जानकारी दिए ।

त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यालयलाई पत्र पठाइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर