गुल्मीको मालिकमा एमालेबाट पुनः रीतबहादुर थापा अध्यक्षका उम्मेदवार – Nepal Press

गुल्मीको मालिकमा एमालेबाट पुनः रीतबहादुर थापा अध्यक्षका उम्मेदवार

रुपन्देही । नेकपा एमालेले गुल्मीको मालिका गाउँपालिकामा पुनः रीतबहादुर थापालाई अध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत रूपमा निर्णय गरेको छ । थापा २०७४ को स्थानीय चुनावमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीलाई हराउँदै पहिलो पालिका अध्यक्ष भएका थिए ।

त्यो समयमा एमालेका थापाले ४ हजार ४२ मत र कार्कीले ३ हजार ४४७ मत ल्याएका थिए ।

यता गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका देवीराम अर्याल र उपाध्यक्षमा नेपाली कांग्रेसका पालिका सभापति उपेन्द्र अर्याललाई उठाउने निर्णय गरेको थियो ।

अघिल्लो चुनावमा देवीरामले २ हजार ४० मत ल्याएका थिए । उपेन्द्रले वडा नम्बर ४ को अध्यक्ष पदमा हारेका थिए ।

यो विषयमा नेकपा एसले आफ्नो पार्टीलाई सल्लाह नगरी गठबन्धनले निर्णय गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

यसअघि एमालेले रेसुङ्गा र मुसिकोट नगरपालिका तथा काली गण्डकी गाउँपालिकामा सर्वसम्मत उम्मेदवार चयन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर