बहुदरमाई : एमालेबाट प्रमुखमा शिव पटेल र उपप्रमुखमा कुशवाहाको नाम सिफारिस – Nepal Press

बहुदरमाई : एमालेबाट प्रमुखमा शिव पटेल र उपप्रमुखमा कुशवाहाको नाम सिफारिस

पर्सा । पर्साको बहुदरमाई नगरपालिका प्रमुख र उपप्रमुखको नाम नेकपा एमालेले टुंगो लगाएको छ ।

नगर कमिटीको शुक्रवार बसेको बैठकले प्रमुखमा शिव पटेल र उप-प्रमुखमा सुश्मा कुशवाहालाई उम्मेदवार बनाउने सिफारिस गरेको हो ।

नगर कमिटी सचिव सुरेन्द्र यादवले जिल्ला एमाले पर्साका सह इन्चार्ज राजकुमार गुप्ता समेतको उपस्थितिमा उम्मेदवार सिफारिस गरिएको हो ।

प्रमुखमा सिफारिस भएका पटेल केही समयअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी परित्या गरी एमाले प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर