भारतद्वारा नेपाललाई दिने अनुदानमा वृद्धि, १५ अर्ब ८७ करोड अनुदान पाउने – Nepal Press
भारतमा बजेट सार्वजनिक

भारतद्वारा नेपाललाई दिने अनुदानमा वृद्धि, १५ अर्ब ८७ करोड अनुदान पाउने

काठमाडौं । भारतले नेपालका लागि दिने अनुदानमा वृद्धि गरेको छ । आज सार्वजनिक गरिएको संघीय बजेटमा भारतले नेपालीसहितका छिमेकी मुलुकलाई दिने अनुदानमा वृद्धि भएको जनाएको हो ।

नेपालले पाउने वाषिर्क अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ) ले बढेको हो । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्तमन्त्री निर्मला सीतारमणले बजेट सार्वजनिक गरेकी थिइन् ।

भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ । भारतको बजेट अप्रिल २०२१ बाट कार्यान्वयन हुनेछ ।

भारतले यस वर्ष पेपरलेस बजेट ल्याएको हो । भारतको बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । कोरोना महामारी नियन्त्रणका लागि मात्र ३५ हजार करोड विनियोजन गरिएको छ । बजेटको नारा पनि आत्मनिर्भर र स्वस्थ भारत राखिएको छ ।

भारतले छिमेकी देश नेपाल, भुटान, अफगानिस्तान, बंगलादेशलाई अनुदान दिंदै आएको छ । नेपाललाई ९ अर्ब ९२ करोड (भारु), भुटानलाई ३० अर्ब ४ करोट (भारु), अफगानिस्तानलाई ३ अर्ब ५० करोड (भारु), बंगलादेशलाई २ अर्ब (भारु), श्रीलंकालाई २ अर्ब (भारु), माल्दिभ्सलाई २ अर्ब ५० करोड (भारु), र म्यानमारलाई ४ अर्ब (भारु) अनुदान दिने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर