नेकपा एसको शक्ति कम आँकेर अपमान नगर्न गठबन्धनका नेताहरूलाई माधव नेपालको चेतावनी (भिडिओ) – Nepal Press

नेकपा एसको शक्ति कम आँकेर अपमान नगर्न गठबन्धनका नेताहरूलाई माधव नेपालको चेतावनी (भिडिओ)

‘हाम्रो शक्तिबारे अझै पनि भ्रम छ, ओलीलाई सत्ताको सगरमाथाबाट भुइँमा पछार्ने शक्ति हामी नै हौं’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका अन्य दललाई चेतावनी दिएका छन् ।

नेकपा एसले हैसियतभन्दा बढी मागेको भनेर कांग्रेस र माओवादीले भनिरहेका बेला अध्यक्ष नेपालले आफूहरूमाथि अपमानपूर्ण व्यवहार नगर्न चेतावनी दिएका हुन् ।

नेकपा एसको सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएकोले कम नआँक्न चुनौती दिए ।

अध्यक्ष नेपालले भने– हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीलाई अझै पनि भ्रम रहेछ । कता कता हामीमाथि अपमानपूर्ण व्यवहार गर्ने गरेको सुन्दै छु । आफ्नो शक्तिको अति मूल्याङ्कन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस् । हामीलाई अपमान गरेको हुनाले केपी ओलीलाई सत्ताको सगरमाथाबाट भुईँमा पछार्न निर्णायक भूमिका खेलेका छौ । ख्याल गर्नुस्,यो चेतना भया ।

अध्यक्ष नेपालले एक वर्ष पूरा गर्न पाएको भए आफ्नो पार्टीको वास्तविक शक्ति देखिने थियो भन्दै चुनाव चाँडो भए पनि आफूहरू मुख्य शक्ति रहेको बताए ।


प्रतिक्रिया

One thought on “नेकपा एसको शक्ति कम आँकेर अपमान नगर्न गठबन्धनका नेताहरूलाई माधव नेपालको चेतावनी (भिडिओ)

  1. पत्यादिनु परो हैट !! नेकपा एमाले कमजोर शक्ति होइन? शेर बहादुर रामचन्द्र का भनाइले पुष्टि गरेको छ देशको सबैभन्दा ठुलो राजनैतिक दल हो तर गठबन्धन पनि छ त्यो उसको लागि चुनौती छ यो सरकारको क्रियाकलाप अनि कांग्रेसको मत र कम्युनिस्टको मत फरकफरक हुन्छ अरू परिणामले देखाउछ प्रतीक्षा गरौ ।
    Like · Reply · Delete · 1m

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर