एकैदिन ३२ वटा आगलागीका घटना: एक जनाको मृत्यु, पाँच जना घाइते – Nepal Press

एकैदिन ३२ वटा आगलागीका घटना: एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा मुलुकभरका विभिन्न १७ वटा जिल्लामा ३२ वटा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार १५ जिल्लामा आगलागी भएको छ भने, आगलागीका घटना भएकै पाँच जिल्ला र थप एक जिल्ला गरेर ६ जिल्लाका जंगलमासमेत आगलागी भएको छ ।

शुक्रबार बिहान १० बजेदेखि शनिबार बिहान १० बजेसम्मको अवधिमा ३२ वटा आगलागीका घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । यस्तै २० वटा पशु चौपायाको क्षति भएको छ भने जम्मा गरेर अनुमानित दुई करोड १५ लाख ८३ हजार पाँच सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

विवरण अनुसार सप्तरीको बोदेबरसाईन नगरपालिका १० अमरैयाटोलस्थित दुई वटा घर र तीन वटा गोठमा भएको अचानक आगलागीबाट पाँच वर्षको एक बालको जलेर मृत्यु भएको छ । यस्तै पर्सामा भएको आगलागीमा परेर चार जना तथा रौतहटमा भएको आगलागीमा परेर एक जना गरेर पाँच जना घाइते भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर