सूर्य चिह्नबाट चुनाव लड्नुको कारणबारे कमल थापाले यस्तो भने (भिडिओ) – Nepal Press

सूर्य चिह्नबाट चुनाव लड्नुको कारणबारे कमल थापाले यस्तो भने (भिडिओ)

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनबाट सम्मानजनक उपस्थिति हुने र पार्टी स्थापित गरेरै छाड्ने बताएका छन् ।

आज बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताएका हुन् ।

थापाले मत बदर हुनसक्ने भएकाले संयुक्त रूपमा सूर्य चिन्हबाटै चुनावमा जाने निर्णय भएको तर्क गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको अडान, स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उनको भनाइ छ ।

प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रूपमा स्थापित गराएरै छाड्ने थापाको दाबी थियो । अब देशमा राजसंस्थाको आवश्यकता नरहेको र राप्रपा नेपालको अबको एजेण्डा गणतन्त्रसहितको हिन्दु राष्ट्र रहेको थापाले बताए ।

राजाको आफ्नै कारणले देशमा राजसंस्था आउन नसक्ने उनले ठोकुवा गर्दै गणतन्त्र आएको १५ वर्षमा राजाले जनताको मन जित्न नसकेको आरोप लगाए ।

राजाले भित्री रूपमा गणतन्त्र स्वीकार गरेर व्यवसायमा लागेको थापाले दाबी गरे । यस्तै राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने थापाको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर