जाजरकोटको कुसे गाउँपालिकामा एमालेले छान्यो अध्यक्ष र उपाध्यक्षका उम्मेदवार – Nepal Press

जाजरकोटको कुसे गाउँपालिकामा एमालेले छान्यो अध्यक्ष र उपाध्यक्षका उम्मेदवार

सुर्खेत । नेकपा एमाले कुसे गाउँ कमिटिले अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार चयन गरेको छ । एमाले कुसे गाउँपालिकाका अनुसार अध्यक्षमा प्रेमप्रसाद घर्ती र उपाध्यक्षमा टिका वली सर्वसम्मत चयन भएका हुन् ।

एमाले नेता गोपाल नेपालीका अनुसार बाँकी वडाअध्यक्षका उम्मेदवार पनि एक दुईदिनमै टुंगो लाग्ने छ । ‘हामीले अध्यक्ष र उपाध्यक्षको सर्वसम्मत उम्मेदवार चयन गरेका छौं ।’ नेपालीले भने, ‘वडाहरुको उम्मेदवार पनि हामी एक दुईदिनमा सर्वसम्मत चयन गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर