जुकर बर्गलगायतको एन्टी-एजिङ उत्पादनप्रति एलन मस्कको विरोध
न्यूयोर्क । विगत एक दशकदेखि मार्क जुकरबर्ग, जेफ बेजोस र पिटर थिएल जस्ता अर्बपतिहरूले एन्टी–एजिङ उत्पादनहरू बनाउने कम्पनीहरूमा र एन्टी–एजिङको अनुसन्धानमा धेरै खर्च गरेका छन्। अर्कोतर्फ, टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्क भने यसको विरुद्धमा छन्।
मस्क भने लामो समयसम्म स्वस्थ रहन चाहन्छन् तर मर्नदेखि भने डराउँदैनन्। मस्क मृत्युलाई राहतको रूपमा मात्र हेर्छन्।
सेप्टेम्बर २०२१मा एमआईटीको एक अनुसन्धानका अनुसार बेजोसले गोप्य रूपमा एन्टी–एजिङ स्टार्ट–अप अल्टोस ल्याबहरूमा लगानी गरेका थिए जुन आधिकारिक रूपमा यस वर्षको सुरुमा लन्च भएको थियो । यी सबै लगानी हुँदाहुदै मस्कको यस्तो सोचले सिलिकन भ्यालीका अर्बपतिहरूबीच पक्कै पनि विरोधाभास सिर्जना त गर्छ नै ।
थिएल सिलिकन भ्यालीको एन्टी–एजिङको सबैभन्दा प्रसिद्ध समर्थकहरू मध्ये एक हो। थिएलले एम्ब्रोसिया नामक स्टार्ट–अपलाई आर्थिक सहयोग गर्यो, जुन १९५० को दशकको अभ्यास प्याराबायोसिस गर्नमा जोड दिने कम्पनी हो । यसको अभ्यास पहिले मुसासँग प्रयोग गरिन्छ। २०१९ मा यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्याराबायोसिस विरुद्ध चेतावनी दिएको थियो जसका कारण एम्ब्रोसिया स्टार्ट–अप असफल भयो।
जुकरबर्ग र उनकी श्रीमती प्रिसिला चान द ब्रेकथ्रु पुरस्कारका सह–संस्थापक हुन्, जसले ती वैज्ञानिकहरूलाई वार्षिक २२ करोडको पुरस्कार दिन्छन् ।
मस्क भन्छन् – जीवन लामो होइन, लामो हुनुपर्छ। ओरेकलका सह–संस्थापक ल्यारी एलिसनले पनि एन्टी एजिङ रिसर्चका लागि २,८१५ करोड रुपैयाँ दान गरेका छन्।
यी सबै लगानी र अनुसन्धान हेर्दा मस्क भन्छन् मानिसहरू लामो समयसम्म बाँच्ने प्रयास गर्नु हुँदैन। किनकी मान्छे मरेन भने हामी पुरानो सोचमा अल्झिन्छौ र कहिल्यै अगाडि बढ्न सक्दैनौ ।