महानगर र उपमहानगरको भागबण्डाका लागि बालुवाटारमा गठबन्धन कार्यदलको बैठक – Nepal Press

महानगर र उपमहानगरको भागबण्डाका लागि बालुवाटारमा गठबन्धन कार्यदलको बैठक

काठमाडौं । महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल गर्न सत्ता गठबन्धनको ‘निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक बालुवाटारमा जारी छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको यो समितिको बैठकले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको सिट भागबण्डाबारे छलफल गर्नेछ । यसअघि आज बिहान बसेको शीर्ष नेताहरूको बैठकले भागबण्डाबारे छलफल गर्ने अधिकार यो समितिको कार्यदललाई दिएको थियो ।

यही कार्यदलले छलफल गरेर भागबण्डाबारे प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि अन्तिम निर्णय हुनेछ । भोलिसम्ममा सिट बाँडफाँटसहित तालमेलको टुंगो लाग्ने एक नेताले बताए ।

यही समितिले देशभरबाट आएका प्रतिवेदनको पनि अध्ययन गरेर निर्णय लिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर