युक्रेनको मारिउपोल सहर पूर्णरूपमा नियन्त्रण गरेको रुसको दाबी – Nepal Press

युक्रेनको मारिउपोल सहर पूर्णरूपमा नियन्त्रण गरेको रुसको दाबी

कीएभ । पूर्वी युक्रेनको मारिउपोल सहरको सम्पूर्ण सहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्णरूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ।

प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा अवरुद्ध गरिएको रुसी रक्षामन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले एक ब्रीफिंङमा बताएका छन् । उनले यो अवधिमा १ हजार ४ सय ६४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेकोसमेत बताएका छन् ।

आजोभ सागरको एक प्रमुख बन्दरगाह शहरको रूपमा मारिउपोल रूस-युक्रेन द्वन्द्को सबैभन्दा खराब हिंसाको साक्षी बनेको छ।

यता युक्रेनी रक्षामन्त्रालयले शुक्रबार उसको सेनाले सहरलाई घेराबन्दी गरेको झण्डै सात हप्तापछि पनि मारिउपोलमा रुसीहरूसँग लडिरहेको जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलमा रहेका युक्रेनी सेनालाई हटाएमा रुससँग जारी कुनै पनि प्रकारको वार्तालाई अन्त्य गर्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर