बेलायतका प्रधानमन्त्रीले भारत भ्रमण गर्दै
काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल २१ र २२ गते भारत भ्रमण गर्ने भएका छन् । बीबीसीका अनुसार उक्त भ्रमण भारत र बेलायतबीचको व्यपार र रक्षा संयन्त्र सुधारमा केन्द्रित हुनेछ ।
भ्रमणको सन्धर्भमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले निरंकुश राज्यहरूबाट शान्ति र समृद्धिको खतरा सामना गरिरहन परेको अवस्थामा प्रजातान्त्रिक मित्र राष्ट्रहरु एकजुट हुनुपर्ने बताएका छ्न् ।
प्रमुख आर्थिक शक्ति र विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रको रूपमा रहेको भारत यस अनिश्चित समयमा बेलायतको लागि महत्वपूर्ण रणनीतिक साझेदार को रुपमा रहेको मोदीको भनाइ छ ।
यसै गरी बेलायती प्रधानमन्त्री जोन्सनले आफ्नो भारत भ्रमण रोजगार सिर्जना देखी उर्जा सुरक्षा र रक्षामा केन्द्रित हुने बताएका छ्न् । जोन्सनले गत वर्षनै भारत भ्रमण गर्ने योजना रहेता पनि कोभिड महामारीको कारण गतवर्ष उक्त भ्रमण स्थगित भएको थियो ।