एमाले सचिवालय बैठक बस्दै, घोषणापत्र र उम्मेदवारबारे छलफल हुने – Nepal Press

एमाले सचिवालय बैठक बस्दै, घोषणापत्र र उम्मेदवारबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । साँझ ६ बजे तय गरिएको बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेपाल प्रेसलाई बताए ।

आजको बैठकमा स्थानीय चुनावको लागि पार्टीले तयार पारेको घोषणापत्र, अहिलेसम्म भएका उम्मेदवार सिफारिस र बाँकी रणनीतिमा छलफल हुनेछ ।

आजै बिहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पनि डाकिएको छ ।

एमालेले महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर