७० वर्षीया वृद्धा बलात्कारको आरोपमा एकजना पक्राउ – Nepal Press

७० वर्षीया वृद्धा बलात्कारको आरोपमा एकजना पक्राउ

पाल्पा । पाल्पामा ७० वर्षीय वृद्धालाई बलात्कारको आरोपमा एकजना पक्राउ त भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय सञ्जय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिवार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर