लाइभ
प्रचण्डको प्रष्टोक्ति- निर्वाचन सर्दैन, गठबन्धनको भागबण्डा आजै बेलुकासम्म टुंगिन्छ
नेपाल प्रेस
२०७९ वैशाख ५ गते १३:४७
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन नसर्ने प्रष्ट पारेका छन् । मुलुक चुनावमा होमिएको भन्दै चुनाव सर्ने कुनै सम्भावना नरहेको उनले बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा आज बेलुकासम्म गठबन्धनमा महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंगो लाग्ने समेत जानकारी दिए ।
प्रतिक्रिया