एमालेले होलीवाइन र राजामहाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड (भिडिओ) – Nepal Press

एमालेले होलीवाइन र राजामहाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा २ वटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् ।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तारुढ ५ दलको वाम-लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजामहाराजाहरूको गठबन्धन’ बीच प्रतिस्पर्धा हुने बताए ।

‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होली वाइन, हिन्दूवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ’, प्रचण्डले भने ।

राष्ट्रको आवश्यकताअनुसार नै ५ दलीय गठबन्धनमा चुनावी तालमेल हुन लागेको भन्दै प्रचण्डले महानगर र उपमहानगरको नेतृत्वबारे गठबन्धन सहमतिनजिक पुगेको बताए ।


प्रतिक्रिया

One thought on “एमालेले होलीवाइन र राजामहाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड (भिडिओ)

  1. हाेलिवाईन त तिम्रै पुच्छर माधव हुन् । अनि तिमीजस्ताे देश विरूद्व भारत र अमेरिकाकाे लागि दलाली गर्नेभन्दा त राजामहाराजकाे दलाली ठीक । कम से कम उनीहरू नेपाली त हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर