१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ
नेपाल प्रेस
२०७९ वैशाख ६ गते १३:३२
ललितपुर । ललितपुरमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।
सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर