१३ अंकले बढ्यो सेयर बजार – Nepal Press

१३ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार आज १३.३७ अंकले वृद्धि भएको छ । ०.५७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १३५७.२४ अंकमा पुगेको हो ।

नयाँ वर्ष सुरु भएपछि आज बजार बढेको हो । नयाँ वर्ष लागेपछि सेयर कारोबार भएको दुई ७१ अंकले घटेको थियो ।

१ अर्ब ३२ करोड ६८ लाख ६५ हजारको आज सेयर कारोबार भएको छ । २ सय २९ वटा कम्पनीको ३२ लाख १३ हजार १ सय ९५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

ग्रिन भेन्चर र नेष्डाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, नबिल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो बैंकको आज ६ करोड ३० लाख ६७ हजार ३ सय ८५ रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *