लागुऔषध ट्याब्लेटसहित एकजना पक्राउ – Nepal Press

लागुऔषध ट्याब्लेटसहित एकजना पक्राउ

विरराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ भौडा चोकबाट लागुऔषध ट्याब्लेट सहित  एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–९ का २० वर्षीय विवेक घिमिरे रहेका छन् ।

मे ११  प ९९२४ नम्बरको मोटरसाइकलमा आमबारीबाट उर्लाबारी तर्फ जाँदै गरेका घिमिरेलाई प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको थियो ।

लागु औषध सहित पक्राउ परेका घिमिरेको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर