गठबन्धनमा सहमति- यसरी भयो चार दलबीच भागबण्डा (सूचीसहित) – Nepal Press

गठबन्धनमा सहमति- यसरी भयो चार दलबीच भागबण्डा (सूचीसहित)

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको छ ।

सहमति अनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।

कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर कांग्रेसले पाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ ।

नेकपा एसले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिका पाउँदा जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाएको छ ।

महानगरमध्ये कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरामा उपप्रमुख पाउने भएको छ । त्यस्तै जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरपालिकामा कांग्रेसले उपप्रमुख पाउने सहमति बनेको छ ।

यस्तै माओवादीले ललितपुर महानगरको उपप्रमुख पाउने भएको छ । धरान र धनगढी उपमहानगरमा माओवादीले उपप्रमुख पाउने सहमति गठबन्धनमा बनेको छ । एकीकृत समाजवादीले काठमाडौं महानगरपालिका, इटहरी उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा उपप्रमुख लिने सहमति भएको छ ।

जसपाले विराटनगर महानगरपालिका, कलैया उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा उपप्रमुख पाउने भएको छ ।

शीर्ष नेताले हस्ताक्षर गरेसँगै देशभरका सबै पालिकामा तालमेल गर्ने सहमति भएको गठबन्धन बैठकमा सहभागी एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर