लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ – Nepal Press

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर ।  १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले  लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  प्रहरीले सुनसरी धरान उपमहानगरपालिका–१९ का ३६ वर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरेको हो ।
लागुऔषध मुद्धमा  उच्च अदालत विराटनगरको २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैयाँ जरिवाना भई  कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका  राईको  खोज तलासमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको एक नं  प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
राई गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई  सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर