गोलबजारको मेयरमा एमालेबाट श्याम श्रेष्ठ भिड्ने पक्का, उपमेयरमा तीनजना सिफारिस
नेपाल प्रेस
२०७९ वैशाख ८ गते ८:०२
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट श्याम श्रेष्ठ मैदानमा उत्रने पक्का भएको छ ।
एमाले नगर कमिटीले मेयरका लागि श्रेष्ठको एकल नाम सिफारिस गरेपछि उनले टिकट पाउने पक्का भएको हो । उनी एमाले नेता तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठका भाइ हुन् ।
एमाले जिल्ला कमिटीका उपसचिव समेत रहेका श्रेष्ठ २०७४ सालको स्थानीय पनि मेयरमा भिडेका थिए । माओवादी उम्मेदवार देवनाथ साहबाट थोरै मतान्तरले पराजित उनी दोस्रो स्थानमा थिए ।
एमालेले गोलबजार उपमेयर पदका लागि आशा लामा, मानती साह र मञ्जुदेवी साहको नाम सिफारिस गरेको छ ।
प्रतिक्रिया