वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन, मेयरमा एमालेका सरावगी उम्मेदवार – Nepal Press

वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन, मेयरमा एमालेका सरावगी उम्मेदवार

विरगन्ज । वीरगन्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेल गर्ने सहमति जुटेको छ ।

३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसको पुष्टि गरे । वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउन बाँकी छ ।

सत्तागठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर