५ महिनाको भाडा नतिरी २ छोरीसहित महिला ‘टाप’, कोठा खोल्दा भेटियो आर्मीको ड्रेस र गोली – Nepal Press

५ महिनाको भाडा नतिरी २ छोरीसहित महिला ‘टाप’, कोठा खोल्दा भेटियो आर्मीको ड्रेस र गोली

काठमाडौं । कोटेश्वरको नरेफाँटस्थित आफ्नो घरमा डेरा लिएर बस्दै आएकी एक महिला ६ महिनायता सम्पर्क बाहिर भएपछि घरबेटी सुनमाया श्रेष्ठले कोठा खाली गरिदिन अनुरोधसहितको निवेदन महानगरपालिकामा दिएकी थिइन् ।

प्रमिला तामाङ नाम बताउने महिलासँगै बस्दै आएका २ छोरी लिएर बेपत्ता भएपछि श्रेष्ठले आफ्नै घरको कोठा खोल्न सकिरहेकी थिइनन् ।

महानगरको टोलीले बुधबार सुनमायाको घर पुगेर ढोकामा लागेको साँचो तोड्यो । तर, कोठाभित्र खानतलासी गर्दा आर्मीको कपडा, चार राउन्ड गोली र सुनजस्तो धातु फेला परेपछि प्रहरीलाई खबर गर्‍यो । प्रारम्भिक परिक्षणमा सुनजस्तो देखिने उक्त धातु नक्कली सुन भएको पत्ता लागेको छ ।

‘प्रमिला तामाङ नाम गरेकी महिला ५ महिनाको भाडा नतिरी एक दिन छोरी लिएर बेपत्ता भएकी रहिछन् । घरबेटीले महानगरपालिकामा कोठा खोलिदिन निवेदन दिएपछि हेर्दा ती सामानहरू फेला परेको छ । प्रमिलाको विषयमा उनको नामबाहेक पहिचान खुल्ने अन्य कुनैपनि कागजपत्रहरू भेटिएको छैन’, काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले कोठाबाट केशरबहादुर धानुकको नामको राहदानी, चार थान मोबाइल, विभिन्न व्यक्तिको नामका चेक र नागरिकताहरू, कपाली तमसुक दुई थान र जन्मकुन्डली पनि फेला परेको छ। ‘घटनाबारे अनुसन्धान भइरहेको छ’, एसपी मैनालीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर