चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ – Nepal Press

चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

प्रहरीले ४ वैशाखमा जाजरकोट नलगाड–१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको प्रहरीले मोटरसाइकल बरामद गरेको थियो।

प्रहरी अनुसन्धानका क्रममा उक्त मोटरसाइकल नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेको खुलेको थियो । निजलाई खोजतलासको क्रममा ६ वैशाखमा प्रहरी टोलीले फेला पारेको थियो । जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पुनमाथि थप अनुसन्धान भइरहेको छ ।

वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाउँदै आएका थिए । तर, उनीसँग मोटरसाइकलका कुनै कागजपत्र थिएन । वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरि दोहोरिने इच्छा राखेका उनलाई चोरी काण्डले धक्का लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर