फेरि काठमाडाैं महानगरकाे मेयर नलड्ने रन्जु दर्शनाको घोषणा – Nepal Press

फेरि काठमाडाैं महानगरकाे मेयर नलड्ने रन्जु दर्शनाको घोषणा

काठमाडौं । विवेकशील साझाकी नेत्री तथा अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरकी मेयर उम्मेदवार रन्जु दर्शनाले यसअघि आफैले गरेको वाचा पूरा गर्न नसकेको स्वसमीक्षा गर्दै आसन्न स्थानीय तह निर्वाचनमा मेयरमा फेरि प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन् ।

दर्शनाले सामाजिक सञ्जाल फेसबुकमा व्यक्तिगत मूल्याङ्कन समीक्षा-पत्र सार्वजनिक गर्दै यस्तो घोषणा गरेकी हुन् ।

‘म आफैले अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा गरेको वाचा, घरघर मतदातालाई बाँडेको घोषणापत्रबमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकांक्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समीक्षा गरेको छु । तसर्थ यस स्थानीय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन’, समीक्षा-पत्रमा उल्लेख छ ।

आसन्न स्थानीय तह निर्वाचनमा आफूले उम्मेदवारी नदिने निर्णय गरे तापनि राजनीतिबाट भने अलग नभएको र आगामी दिनमा आफू राष्ट्रिय मुद्दा, विषय र पार्टीको राजनीतिमा बढी सक्रिय रहने रन्जुको भनाइ छ ।

उनले विगत पाँच वर्षमा विभिन्न राजनैतिक, सामाजिक अन्तरक्रिया, सु-संस्कार, राजनीतिको जनचेतना, घरेलु व्यवसायको प्रवर्द्धनलागयतका काममा बिताएको तर वैकल्पिक राजनीतिको खोल ओढेर २०४६ सालअघि राजनैतिक प्रणालीलाई ठीक छ भनेर वकालत गर्ने पार्टी नेतृत्वको कारण आफ्नो शक्ति नाश भएको समेत बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर