वैद्य, बाबुराम र विप्लवलाई फर्किन प्रचण्डको आग्रह – Nepal Press

वैद्य, बाबुराम र विप्लवलाई फर्किन प्रचण्डको आग्रह

‘७९ साललाई माओवादी ध्रुवीकरणको वर्ष बनाऔँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीबाट फुटेर गएका सम्पूर्ण नेताहरूलाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

कैलालीको मसुरियामा आयोजित ध्रुवीकरण एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई आफ्नो निर्णय पुनर्विचार गरी एकतामा आउन आग्रह गरे ।

उनले भने, ‘ढिलो नगरी । अब, बिल्कुल ढिलो नगरी म वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन र सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गर्न चाहन्छु ।’

मेरो अपिललाई हल्का ढंगले नलिन पनि उनले अपिल गरे । किनकी यदि उहाँहरूले ढिलो गर्नुभयो भने, उहाँहरू व्यक्तिमात्रै रहनु हुनेछ । उहाँहरूसँग कुनै संस्था रहनेछैन् । त्यो भनेको उहाँहरूको लागि पनि दु:खद स्थिति हो,’ उनले थपे ।

विगतबाट पाठ सिक्दै २०७९ साललाई माओवादी ध्रुवीकरणको वर्ष पनि बनाउँने प्रचण्डले उद्घोष गरे ।

उनले भने, ‘७९ लाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाउँन र फेरि एकपटक माओवादीको विजयको वर्ष बनाउँन म देशभरका जनता र देशभरिका माओवादीसँग अपिल र आग्रह गर्न चाहन्छु ।’


प्रतिक्रिया

One thought on “वैद्य, बाबुराम र विप्लवलाई फर्किन प्रचण्डको आग्रह

  1. हे प्रचण्ड ! तिम्राे पार्टीमा अब मान्छे नै बाँकी छैनन् । दुईचारजना नेता मात्र हुन् । अरूलाई के बाेलाउछाै ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर