एमाले बैठक- पोखराको मेयरमा कृष्ण थापा र राजिव पहारीको च्याप्टर क्लोज – Nepal Press

एमाले बैठक- पोखराको मेयरमा कृष्ण थापा र राजिव पहारीको च्याप्टर क्लोज

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा सिफारिस भएका १२ जनामध्ये प्रदेशसभाका सदस्यलाई उम्मेदवार नबनाउने भएको छ ।

केन्द्रीय सचिवालय बैठकमा भएको छलफल अनुसार गण्डकी प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुनसक्ने र त्यसमा एक सांसदमात्र तलमाथि हुँदा एमालेको सरकार बन्ने भएकाले प्रदेश सांसदलाई मेयर उम्मेदवार नबनाइने निर्णय भएको हो ।

मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजिव पहारीको नाम सिफारिस भएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकीमामात्र नभएर लुम्बिनीमा पनि प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर