ओलीलाई प्रचण्डको व्यंग्य- मार्क्सवाद बोक्लान् भनेको त राम, सीता र लक्ष्मण बोक्न थाले – Nepal Press

ओलीलाई प्रचण्डको व्यंग्य- मार्क्सवाद बोक्लान् भनेको त राम, सीता र लक्ष्मण बोक्न थाले

'हामीले नै प्रस्ताव गरेको प्रधानमन्त्री गणतन्त्र, संविधान र संघीयताविरोधी'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्माओलीले मार्क्सवाद छाडेका कारण ‘नेकपा’ विभाजन भएको बताएका छन् ।

कैलालीको मसुरियामा आयोजित ध्रुवीकरण सभालाई सम्बोधन गर्दै उनले ओलीले मार्क्सवाद छाडेर परिवर्तनविरोधी भासमा गएको बताए । उनले भने,‘हामीले नै प्रस्ताव गरेको प्रधानमन्त्री गणतन्त्रविरोधी, संविधानविरोधी, संघीयताविरोधी ।’

ओलीलाई मार्क्सवाद छाडेर राम, सीता, लक्ष्मण बोकेर हिँड्न थालेको अध्यक्ष प्रचण्डले आरोप लगाए । ‘मार्क्सवाद बोकेर हिँड्लान भनेको त ! राम, सीता र लक्ष्मण बोक्न थाले,’ उनले अगाडि भने ।

पार्टी एकता गर्दा राम, सीता र लक्ष्मण नभइ मार्क्सवादलाई आधार बनाइएको अध्यक्ष प्रचण्डले बताए । ‘सहि त मार्क्सवाद भनेर गर्‍याथ्यो नी त,’ उनले भने, ‘सहि राम, सीता लक्ष्मण भनेर त भनिएको थिएन, पार्टी एकता गर्दा ।

एमाले अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमै राम, सीता र लक्ष्मण लगेर राखेको भन्दै उनले कटाक्ष पनि गरे ।

‘तपाईंहरूलाई थाहै छ, मेरै निर्वाचन क्षेत्रमा गएर राम सीता लक्ष्मण राख्दिए,’ अध्यक्ष प्रचण्डले भने,‘मैले जाली, फटाहा, सामन्त, दलालसँग त लड्न सक्छु भगवानसँग त लड्ने कुरा आएन नी ! राम सीता लक्ष्मणसँग के गरी लड्ने हो ?’


प्रतिक्रिया

One thought on “ओलीलाई प्रचण्डको व्यंग्य- मार्क्सवाद बोक्लान् भनेको त राम, सीता र लक्ष्मण बोक्न थाले

  1. हिन्दुधर्म लगायत सबै धर्मकाे संरक्षण तथा सम्बर्दन गर्नु प्रत्येक नेपालीकाे कर्तव्य हाे । तर पश्चिमाकाे दलालले हिन्दुधर्म बढेकाे देख्नै सक्दैन किनकी यसले हिन्दु धर्म मास्न पश्चिमाकाे हण्डी खाएकाे छ । याे देश बेचुवा दलालले ओलिलाई भन्ने ? याे दलाल कसरी संघीयतावादी जबकी यसले जनमाेर्चासँग तालमेल गठजाेड गरेकाे छ । याे कसरी गणतन्त्रवादी जवकी राप्रपा यसकाे गडफादर । याे कसरी समानुपातिक जबकी यसकाे गठबन्धनले स्थानीय तहमा महिलालाई निकै पछि पार्दैछ । यस्ता विदेशी दलाल र लुटेराहरूकाे पछि नलागाैं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर