माओवादीबाट मेयरको टिकट नपाएका नन्दलाल राप्रपा प्रवेश – Nepal Press

माओवादीबाट मेयरको टिकट नपाएका नन्दलाल राप्रपा प्रवेश

रुपन्देही । कांग्रेसलाई नेपालगन्जको मेयर भागवण्डामा परेपछि नेकपा माओवादी केन्द्रका स्थानीय नेता नन्दलाल वैश्य राप्रपा प्रवेश गरेका छन् ।

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका कांग्रेसलाई दिएपछि मेयरमा पार्टीबाट उम्मेदवारीको दावी गरेका वैश्य निराश थिए ।

राप्रपा महामन्त्री धवल समशेर राणा, जिल्ला अध्यक्ष लगायतका नेताहरुले वैश्यलाई पार्टीमा स्वागत गरेका थिए । स्रोतका अनुसार राप्रपाबाट वैश्य नेपालगन्जको मेयर पदमा उम्मेदवार बन्ने तयारीमा छन् ।

वैश्य नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत हुन् । नेपालगन्जमा जसपाले पनि आफ्नो नेतृत्व नपाएपछि गठबन्धनमा नबस्ने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर