लेलिन जयन्तीमा शुभकामना दिँदै प्रचण्डले भने: अग्रगमनका लागि गठबन्धनलाई जिताउनुस् – Nepal Press

लेलिन जयन्तीमा शुभकामना दिँदै प्रचण्डले भने: अग्रगमनका लागि गठबन्धनलाई जिताउनुस्

काठमाडौं । विश्व कम्युनिस्ट आन्दोलनका शिखर नेता लेलिनको १५२ औं जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह चुनावमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । उनले अग्रगमनका लागि भन्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका हुन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्– प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ । यही मान्यताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ । तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपिल गर्दछु ।

उनले माओवादी युद्ध, जनआन्दोलनलगायत न्याय, समानता र स्वतन्त्रताको संघर्षमा बलिदानी गर्ने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार ग¥यो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन’, उनले शुभकामना सन्देशमा भनेका छन् ।


प्रतिक्रिया

One thought on “लेलिन जयन्तीमा शुभकामना दिँदै प्रचण्डले भने: अग्रगमनका लागि गठबन्धनलाई जिताउनुस्

  1. काँग्रेस अग्रगमन ? पद नपाएपछि पार्टी फुटाउनेहरू अग्रगमनकारी ? चुच्चे नक्सा निकाल्दा भारत रिसायाे भनेर उसैकाे ईशारामा ओलि विरूद्व गुटबन्दी गर्ने अग्रगमनकारी ? वाहियात ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर