उत्तर र दक्षिण कोरियाबीच शिष्टाचार पत्र आदान-प्रदान – Nepal Press

उत्तर र दक्षिण कोरियाबीच शिष्टाचार पत्र आदान-प्रदान

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ युङ र दक्षिण कोरियाका राष्ट्रपति मुन जाईनबीच शिष्टाचार पत्र आदन-प्रदान भएको छ ।

उत्तर कोरियाको राष्ट्रिय संचार माध्यमले यी दुई देशका नेताहरुबीच शिष्टाचार पत्र आदान-प्रदान कार्यक्रमलाई सकरात्मक र बिरलै हुने घटना भनेर व्यख्या गरेको छ ।

उत्तर कोरियाको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले जानाकारी गराए अनुसार दक्षिण कोरियाका राष्ट्रपति मुनले यही हप्ताको सुरु तिर किमलाई एक पत्र लेख्दै आफ्नो अवकाशपछि कोरियाली एकिकरणका लागि निरन्तर काम गरिरहने धराणा व्यक्त गरेका थिए ।

किमले सोही पत्रको जवाफ स्वरुप मुनलाई धन्यवाद व्यक्त गर्दै , मुनले दक्षिण कोरियामा गरिरहेको कामको लागि बधाई दिएका छन् । किमले पत्रमार्फत आगामी दिनहरुमा दुई देशबीचको सम्बन्ध सुधारका निम्ती सहकार्य गर्न आफू तयार रहेकोसमेत बताएका छन् ।

उत्तर कोरियाले आणविक हतियार परीक्षणलाई तिव्रता दिइरहेको वर्तमान समयमा दुई देशबीच भएको शिष्टाचार पत्र आदान प्रदानलाई सकरात्मक पहलको रुपमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर