ओखलढुंगाका सात स्थानीय तहमा नेकपा एसले टुङ्ग्यायो उम्मेदवार – Nepal Press

ओखलढुंगाका सात स्थानीय तहमा नेकपा एसले टुङ्ग्यायो उम्मेदवार

ओखलढुंगा । नेकपा एकीकृत समाजवादी ओखलढुंगाले सात स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

आज बसेको पार्टी जिल्ला कमिटीको बैठकले ८ स्थानीय तह रहेको जिल्लाका ७ स्थानमा प्रमुख तथा उपप्रमुख टुङ्गो लगाएको हो ।

पार्टी जिल्ला कमिटीको बैठकबाट जिल्लामा रहेको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा तिलक लोहनी प्रमुख र निर्मला श्रेष्ठलाई उप प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, चिशंखुगढी गाउँपालिकामा शारदा निरौला अध्यक्ष र कृष्ण भुजेललाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका केन्द्रीय सदस्य नेत्र भट्टराईले बताए ।

उनका अनुसार जिल्लाको मोलुङ गाउँपालिकामा दीपक फुल अध्यक्ष, चम्पादेवीमा कमल खडका अध्यक्ष तथा शोभा बोगटी उपाध्यक्ष सुनकोसीमा यमचन्द्र कटुवाल अध्यक्ष र खिजीदेम्बामा गेल्बु शेर्पा र मानेभञ्ज्याङमा पर्वलाल तामाङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ ।

७५ वटा वडा रहेको ओखलढुंगामा समाजवादीले ५५ वटा वडामा वडा अध्यक्षको उम्मेदवार दिने तयारी गरेको उनले बताए । ५५ वटा वडामा ४० स्थानमा टुङ्गो लागि सकेको र अन्यमा पनि भोलि सम्ममा उम्मेदवारको टुङ्गो लाग्ने उनको भनाइ छ ।

लिखु गाउँपालिकामा भने नेकपा एसले उमेदवारकाे टुंगाे लगाएको छैन । उक्त गाउँपालिका भट्टराईको आफ्नै गाउँपालिका भएका कारण त्यहाँ नेकपा एसले माओवादी केन्द्रलाई सघाउन सक्ने सम्भावना पनि बढ्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर