पुटिनले छोरीलाई समेत किन रसिया बाहिर जान दिएनन् ? – Nepal Press

पुटिनले छोरीलाई समेत किन रसिया बाहिर जान दिएनन् ?

काठमाडौं । करिब २ महिनादेखि युक्रेनमाथि हमला गरिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हाल आफ्नो परिवारको सुरक्षालाई लिएर त्रसित देखिएका छन् । फलस्वरुप पुटिनले जेठी छोरीलाई रुस छोडेर बाहिर जानबाट रोक लगाएको बताइएको छ ।

विभिन्न सञ्चारमाध्यमहरुका अनुसार उनकी जेठी छोरी मारिया वोरन्तसोवाले आफ्नो ३७औं जन्मदिन मनाउन आफ्ना श्रीमानसँग रुस बाहिर जान चाहेकी थिइन् । तर, पुटिनले सुरक्षा खतरा रहेको भन्दै उनलाई रुस छोड्न रोक लगाएका थिए ।

सञ्चारमाध्यमहरुका अनुसार मरिया जन्मदिन मनाउन मात्र नभई सदाका लागि रुस छोड्न चाहन्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर