ओली निवासमा देशभरका उम्मेदवारीबारे परामर्श, सचिवालय बैठक बस्न सकेन – Nepal Press

ओली निवासमा देशभरका उम्मेदवारीबारे परामर्श, सचिवालय बैठक बस्न सकेन

काठमाडौं । विभिन्न प्रदेशबाट आएका सिफारिस र उम्मेदवारका आकांक्षीहरुको छलफलमा अध्यक्ष केपी शर्मा ओली व्यस्त रहेका कारण नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्न सकेको छैन ।

अपराह्न ३ बजे बैठक बोलाइए पनि उम्मेदवारी मनोनयनको पूर्व सन्ध्यामा विभिन्न ठाउँमा उम्मेदवार चयनको सकस परेकाले सम्बन्धित नेताहरूसँग अध्यक्ष ओलीसहित शीर्ष नेताको छलफल चलिरहेको छ ।

बैठक केहीबेरमा शुरु हुने सचिव रघुवीर महासेठले जानकारी दिए ।

एमाले सचिवालय बैठकले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरहरूको टुंगो लगाउँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर