जिल्ला तहमा तालमेल हुन नसकेपछि गठबन्धनका शीर्ष नेता बालुवाटारमा – Nepal Press

जिल्ला तहमा तालमेल हुन नसकेपछि गठबन्धनका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । केन्द्रले महानगर र उपमहानगरपालिकाको तालमेल टुंगो लगाए पनि जिल्ला जिल्लामा समस्या आएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

नेकपा एसले केन्द्रबाट पालिका भागबण्डा लगाउन दबाब दिइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको छलफल हुन लागेको हो । छलफलमा जानुपर्ने भएकाले नेकपा एसको सचिवालय बैठक रोकेर अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका छन् ।

धेरैजसो जिल्लामा गठबन्धन नै हुन नसकेको तथा भएका ठाउँमा पनि कांग्रेस र माओवादीमात्र मिलेपछि नेपालले असन्तुष्टी जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर