वडाध्यक्षद्वारा स्थानीय महिलालाई बाँड्न ठिक्क पारिएका ११० थान सारी प्रहरीको कब्जामा – Nepal Press

वडाध्यक्षद्वारा स्थानीय महिलालाई बाँड्न ठिक्क पारिएका ११० थान सारी प्रहरीको कब्जामा

काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न लागिएका ११० थान सारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का अध्यक्ष वडाध्यक्ष सन्तोष खड्काले सरकारी रकमबाट वडामा सारी बाँड्ने तयारी गरेका थिए ।

साडी वितरणको सूचना पाए लगत्तै प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वडा नं। ८ को वडा कार्यालयको भवनबाट साडी नियन्त्रणमा लिएको हो ।

वडा नं ८ को कार्यालयमा वडाका महिलाले साडी पाऊ भनी आवेदन दिएकाले साडी बाँड्ने कार्यक्रम राखिएको भन्दै वडा कार्यालयले सूचना जारी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर