धरानमा गठबन्धन एकता टिकेन, बाहिरियो जसपा – Nepal Press

धरानमा गठबन्धन एकता टिकेन, बाहिरियो जसपा

इटहरी । धरानमा सत्ता गठबन्धबीच तालमेल नहुने भएको छ ।

गठबन्धनमा असन्तुष्ट भएर जसपा बाहिरिएपछि तालमेल नहुने भएको हो ।

चार दलीय गठबन्धनले वडा नम्बर १० र ११ को मात्रै वडा अध्यक्ष दिएपछि जसपाले सम्मानजनक उपस्थित नगराएको भनेर बाहिरिएको बताएको छ।

जसपा धरान अध्यक्ष ताजुब लिम्बुले सम्मानित उपस्थिति नभएकोले गठबन्धनबाट आउट भएको बताए ।

‘हाम्रो मेयर र उपमेयर सहित १५ वडामा अध्यक्ष उम्मेदवारी हुनेछ’, लिम्बुले भने, ‘धरानका १ देखि २० वडामा १, २, १३, १४ र २० वडा बाहेक सबै वडामा अध्यक्षको उम्मेदवारी हुनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर