ललितपुरमा १० पटक वडाध्यक्ष जितेका ८१ वर्षीय व्यञ्जनकारले दिए उम्मेदवारी – Nepal Press

ललितपुरमा १० पटक वडाध्यक्ष जितेका ८१ वर्षीय व्यञ्जनकारले दिए उम्मेदवारी

ललितपुर । २०७४ को स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिका-१० को वडाध्यक्षमा स्वतन्त्रबाट ७६ वर्षीय नरसिंह व्यञ्जनकारले जितेका थिए । उनले वडाध्यक्ष जितेको त्यो एकमात्र समय थिएन । त्योसँगै उनको विजययात्रा १० पटक भइसकेको थियो ।

त्यसबेला पनि स्वतन्त्रबाट निर्वाचन लडेका व्यञ्जनकारले ६९१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसले कर्मलाल व्यञ्जनकारले ५९४ मत ल्याएका थिए ।

यसपटक उनी ८१ वर्षका भए । अहिलेपनि उनी स्वतन्त्रबाटै वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले जनताको आग्रहमा फेरि उम्मेदवारी दिएको बताए ।

उनी २०२९ सालमा पहिलो पटक निर्दलीय उम्मेदवार भएर वडाध्यक्ष निर्वाचित भएका थिए । त्यसपटक दरबारनिकट उम्मेदवार देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता भएका हरेक निर्वाचनमा उनी वडाध्यक्ष जित्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर