पत्रकार चापागाईंले एमालेबाट पाए तिलोत्तमाकाे मेयर टिकट – Nepal Press

पत्रकार चापागाईंले एमालेबाट पाए तिलोत्तमाकाे मेयर टिकट

रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा पूर्वकेन्द्रीय सदस्य मोहन चापागाईंले तिलोत्तमा नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको टिकट पाएका छन् । उनीसँगै वर्तमान उपमेयर जागेश्वरीदेवी चौधरीले दोहो¥यारिन पाउने भएकी छन् ।

पत्रकारितासँगै राजनीतिमा जोडिएका चापागाईं अहिले पनि बुटवलबाट प्रकाशन हुने दैनिक लुम्बिनीको मुख्य जिम्मेवारीमा छन् । एमाले रुपन्देहीको जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख बनिसकेका चापागाईं अहिले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।

गत स्थानीय तहको निर्वाचनमा समेत मेयरको टिकट पाएका चापागाईंलाई पछि पार्टीले फिर्ता बोलाएर बासुदेव घिमिरेलाई मेयर उम्मेदवार बनाएको थियो । पार्टीको संस्थापन समूहमा रहेका उनी नेता विष्णु पौडेल नजिक मानिन्छन् ।

गत स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरमा एमालेले २१,८६८, कांग्रेसले १९,०९४ र माओवादीले २,६५१ मत ल्याएका थिए । कांग्रेस र जनमुक्तिले गठबन्धन गरेका थिए । त्यो बेला यहाँ शक्ति जनमुक्तिको मत ३,५०० हिसाब रहेको थियो ।

यहाँ जसपा र नेकपा एसले पनि केही मत ल्याउने भएकाले पाँचदलीय गठबन्धनविरुद्ध जीत निकाल्न चापगाईंले कडा मेहनत गर्नुपर्ने स्थानीय नेताहरुको अनुमान छ ।

तिलोत्तमा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटव्युरो सदस्यहरु लीला गिरी, दधिराम न्यौपानेलगायतका नेताहरुको निर्वाचन क्षेत्रमा पर्ने नगरपालिका हो ।

त्यस्तै कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र राप्रपा नेता दीपक बोहोराको निर्वाचन क्षेत्र पनि हो तिलोत्तमा नगरपालिका ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर