भरतपुरको मेयरमा ७ जनाको उम्मेदवारी, स्वतन्त्रबाटै ४ उम्मेदवार – Nepal Press

भरतपुरको मेयरमा ७ जनाको उम्मेदवारी, स्वतन्त्रबाटै ४ उम्मेदवार

चितवन । स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ताको पहिलो दिन भरतपुर महानगरपालिकाको प्रमुख पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतका अनुसार ७ जनाले प्रमुख र १ जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ र उन्नत लोकतन्त्र पार्टीका दीपेन्द्र बास्तोलाले भरतपुर महानगरको प्रमुखमा उम्मेदवारी दिएका हुन् ।

भरतपुरको प्रमुखमा ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेहरूमा रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यामुकान्त शर्मा कँडेल र रामकृष्ण ओझा रहेका छन् ।

जनमुक्ति पार्टीकी मिना थापा मगरले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि सोमबारसम्म उम्मेदवारी दर्ताको कार्य तालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर